मावि स्तरीय जिल्ला व्यापी निबन्ध प्रतियोगिता सम्पन्न

मावि स्तरीय जिल्ला व्यापी निबन्ध प्रतियोगिता सम्पन्न

मावि स्तरीय जिल्ला व्यापी निबन्ध प्रतियोगिता सम्पन्न

वातावरण संरक्षण मञ्च भक्तपुरले मावि स्तरीय जिल्ला व्यापी निबन्ध प्रतियोगितामा गत आइतबार सम्पन्न गएको छ । स्वच्छ वातावरण बनाउन स्थानीय निकाय, समुदाय र विद्यार्थीको भूमिका विषय रहेको उक्त कार्यक्रममा आदर्श आजाद मावि भेलुखेलकी रेणु माकजुले प्रथम स्थान हासिल गरिन। दधिकोट इलिस सेकेन्डरी स्कुलकी रितु मानन्धर दितीय र इडेन गार्डेन इलिस स्कुल सुर्यबिनायककी सदिछ्या त्रितिय भए ।

बिजयी तथा सहभागीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै प्रमुख अतिथि प्राज्ञ डा. दिनेश राज भुजूले वातावरण खराब हुनाले पुरै पृथ्वीलाइ नै असर गरिरहेको बताउनुभयो। वातावरणलाई स्वच्छ राख्न बैग्यानिकहरुले अर्को पृथ्वी बनाएर परीक्षण गरिरहेको बताउदै डा भुजूले वातावरण जाेगाउन थुप्रै प्रयासहरू भैरहेको बताउनुभयो। मानिसलाई स्वस्थ राख्न तथा स्मरण शक्ति बढाउन अक्सिजन चाहिने भएकोले यसको संरक्षण आवश्यक रहेको बताउनुभयो।

सो अवसरमा रोम्बस इंलिस स्कुलका प्रिन्सिपल डा राजेन्द्र कोजुले आफुले वातावरणको विषयमा विशेष चासो राख्ने गरेको बताउनुभयो। बिगतमा वातावरण संरक्षणमा आफूले सिकेका कुरा बिद्यार्थीलाई बाँड्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो। वातावरण संरक्षण मञ्च भक्तपुरका अध्यक्ष न्हुछे बहादुर प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव मणिराम लामिछानेले गर्नुभएको थियो । संस्थापक अध्यक्ष जयराम थापाले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमा जिल्लाका १६ विद्यालयका १८ जना विद्यार्थीले भाग लिएका थिए।