हाम्रो बारेमा
वातावरण संरक्षण मञ्चमा यहाँहरुलाइ स्वागत छ ।
वातावरणीय दृष्टिकोणले मानव बस्तीको लागि अत्यन्त उपयुक्त क्षेत्रको रूपमा काठमाडौं उपत्यका परिचित छ । त्यसो भए तापनि उपतयका विगत केही वर्ष देखि वातावरणीय दृष्टिले अत्यन्त जोखिममा छ । २०४६/०४७ देखि स्थापित अव्यवस्थित इँटाभट्टा सञ्चालन हुनु, भू-बनोटलाई नै तहसनहस हुने गरी बालुवा, माटो निकाल्नु, जमिन मुनिको पानीमा हस्तक्षेप हुनु, कृषि भूमिमा अत्याधिक रासायनिक विषादीको प्रयोग हुनुले वातावरण प्रदूषण हुन गएको छ ।
नदीनालामा सोझै ढल मिसाउनु, प्लाष्टिकको अधिक प्रयोग हुनु, तीव्र रूपमा वन फडानी हुनुको साथै मानिसको स्वास्थ्यमा नकारात्मक असर परेको हुनाले वातावर णीय प्रदूषण न्यूनीकरण गर्न स्थानीय व्यक्तिहरूको सक्रियतामा कार्य गर्दै २०५९ असोज १६ गतेका दिन संगठित संस्थाको रूपमा ‘वातावरण संरक्षण मञ्च’ विधिवत दर्ता भई कार्य गर्दै आएको छ ।
उद्देश्य
- विभिन्न संघ संस्थासँग समन्वय गरी स्वच्छ वातावरण कार्य गर्न विविध कार्यक्रमहरू सञ्चालन गर्ने ।
- वातावरणीय जनचेतना अभिवृद्धि गरी वातावरण स्वच्छ राख्ने । प्राकृतिक स्रोतको संरक्षण र सदुपयोग गर्न प्रोत्साहन गर्ने ।
- प्रकृति प्रदत्त वातावरणीय व्यवस्थाका विभिन्न विषयहरूमा जनसहभागितामूलक कार्यक्रमहरूलाई बढावा दिने ।
- हरीयाली वृद्धि गर्न वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने ।